टिकटक डाउनलोड गर्ने संख्या २ अर्ब पुग्यो, सबैभन्दा धेरै भारतमा




एजेन्सी । फेसबुक लगायत अन्य लोकप्रिय एप्सलाई चुनौती बनेको टिकटक डाउनलोड गर्नेको संख्या २ अर्ब पुगेको छ । छोटो भिडियो बनाउन मिल्ने यो एप भारतमा सबैभन्दा धेरै डाउनलोड गरिएको छ ।

विश्वभर गरिएको डाउनलोडमध्ये ६११ मिलियन अर्थात ३०.३ प्रतिशत डाउनलोड भारतमा गरिएको तथ्याङक सार्वजनिक भएको छ ।

टिकटक डाउनलोड गर्नेमा भारतपछि चीन उच्च स्थानमा रहेको छ । चीनमा कुल डाउनलोडको ९.७ प्रतिशत डाउनलोड भएको छ ।

त्यसैगरी अमेरिका टिकटक डाउनलोड गर्ने तेस्रो ठूलो देशमा रहेको छ । अमेरिकामा टिकटक डाउनलोड गर्नेको संख्या १६५ मिलियन अर्थत ८.२ प्रतिशत रहेको छ ।

टिकटक डाउनलोड सर्वाधिक गुगल प्लेबाट गरिएको टिकटकले जनाएको छ । कुल डाउनलोड गरिएको संख्यामध्ये १ अर्ब ५० करोड पटक डाउनलोड गुगल प्लेबाट गरिएको छ । यो संख्या कुल डाउनलोडको ७५.५ प्रतिशत हो । जबकि एप स्टोरबाट टिकटक २४.५ प्रतिशत मात्र डाउनलोड गरिएको छ ।

१ अर्ब ५० करोड पटक डाउनलोड भएको पाँच महिनामै टिकटक ५० करोड पटक डाउनलोड भएर २ अर्ब पुगेको हो ।

विश्वव्यापी महामारी बनेको कोरोनाका कारण टिकटकमा प्रयोगकर्ता बढेको बताइएको छ ।


क्लिकमान्डु