वाटरमार्क हटाएर टिकटक भिडियो डाउनलोड गर्ने ३ वटा तरिका




एजेन्सी । पछिल्लाे समय सोसल मिडिया प्लेटफर्म टिकटक निकै चर्चित एप बनेको छ ।  टिकटक आइओएस र एन्ड्रोइडमा सर्वाधिक डाउनलोड भएका एपहरुमध्येको एक हो । टिकटकले मानिसहरुलाई भिडियो बनाएर पोष्ट गर्ने सुविधा दिन्छ ।

निकै सहज तरिकाले भिडियो बनाउन सकिने, पोष्ट गर्न मिल्ने र मनोरञ्जनको माध्यम भएकाले टिकटक प्रयोगकर्ताको संख्या निकै धेरै भएको छ ।

अरुले बनाएका भिडियोहरुको अडियो सजिलै प्रयोग गर्न मिल्ने र आफुले लिप्सिङ गरे हुने भएकाले टिकटक प्रयोग निकै रोचक बनेको छ ।

टिकटकमा अपलोड भएका भिडियोहरु डाउनलोड गर्न पाइन्छ । तर डाउनलोड गरिएका भिडियोमा आउने वाटरमार्क कतिपय प्रयोगकर्ताका लागि टाउको दुःखाइ बन्ने गरेको छ ।

टिकटकका भिडियोहरु विभिन्न प्रयोजनका लागि डाउनलोड गर्ने गरिन्छ । डाउनलोड गरिएका भिडियोमा हुने वाटरमार्कले भिडियोको प्रयोगमा विभिन्न कठिनाई भएको प्रयोगकर्ताहरुको गुनासो रहेको छ ।

विभिन्न तरिका अपनाएर टिकटक भिडियो वाटरमार्कविना डाउनलोड गर्न सकिन्छ तर वाटरमार्क हटेपनि सक्कली भिडियो बनाउने व्यक्ति वा संस्थाको नाम उल्लखे गर्नु एकदम आवश्यक हुन्छ ।

वाटरमार्क हटाएर टिकटक भिडियो डाउनलोड गर्ने तरिका  :

तपाईको फोन वा कम्प्युटरमा टिकटक खोल्नुहोस् र आफुले डाउनलोड गर्न चाहेको भिडियो रोज्नुहोस् ।

त्यसपछि भिडियोमा शेयर अप्सन क्लिक गर्नुहोस र लिंक कपि गर्नुहोस ।

अब www.musicallydown.com  वेभसाइट खोल्नुहोस र कपि गरेको लिंक सर्च बक्समा पेस्ट गर्नुहोस् । त्यहाँ देखिने इनेबल भिडियो विथ वाटरमार्क अप्सनलाई अनचेक गरि डाउनलोड बटन थिच्नुहोस । याद गर्नुहोस, इनेबल विथ वाटरमार्क अप्सनको वक्समा ठिक चिन्ह नहटाएमा भिडियोमा भएको वाटरमार्क हटदैन ।

त्यसपछि आउने स्क्रिनमा डाउनलोड एमपि–४ वटक क्लिक गर्नुहोस र भिडियो डाउनलोड गर्नुहोस ।

टिकटक भिडियो डाउनलोड गर्ने अर्को उपाय हो in.downloadtiktokvideos.com मा जाने । त्यसमा भएको सर्च बक्समा टिकटक भिडियोको लिंक क्लिक गर्नुहोस । लिंक पेस्ट गरेपछि त्यहाँ देखिने हरियो डाउनलोड बटन क्लिक गरेर अघि बढ्नुहोस् ।
उक्त बटक क्लिक गरेपछि देखिने स्क्रिनमा डाउनलोड एमपि–४ क्लिक गरी १५ सेकेन्ड कुर्नुहोस । अब त्यहाँ डाउनलोड फाइल अप्सन रोज्नुहोस् र भिडियो डाउनलोड गर्नुहोस ।

माथिका दुईवटा बेभसाइटले काम नगरेमा तपाई www.ttdownloader.com  मा जान सक्नुहुनछ । त्यहाँ सर्च बक्समा भिडियो लिंक पेस्ट गर्नुहोस र गेट भिडियो बटन थिच्नुहोस् । त्यसपछि त्यहाँ आउने अप्सनहरुमध्ये नो वाटरमार्क रोज्नुहोस र भिडियो डाउनलोड गर्नुहोस ।


क्लिकमान्डु