लकडाउनमा टेलिग्रामका प्रयोगकर्ता १० करोड थपिए, कुल प्रयोगकर्ता ४० करोेड पुगे




काठमाडौं । इन्स्ट्यान्ट म्यासेजिङ सेवा टेलिग्रामका प्रयोगकर्ता प्रति महिना ४० करोड पुगेका छन् । गत वर्ष यो संख्या ३० करोड रहेको थियो ।

कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा लकडाउन भएपछि घरबाटै काम र पढाइ गर्नुपर्ने बाध्यताका कारण अहिले गु्रप कल, म्यासेज गर्न मिल्ने एपहरुको प्रयोग निकै बढेको छ ।

जुम, गुगल डुओ जस्ता एपहरुले निकै लोकप्रियता कमाइरहेका बेला टेलिग्रामका प्रयोगकर्ता पनि बढेका छन् ।

टेलिग्रामका संस्थापक पावेल डुरोभका अनुसार टेलिग्राममा अहिले दैनिक १५ लाख नयाँ प्रयोगकर्ता थपिएका छन् र २० वटा देशमा यो सर्वाधिक डाउनलोड गरिएको सोसल मिडिया एप बनेको छ ।

फोल्डर्स, क्लाउड स्टोरेज र डेस्कटप सपोर्टजस्ता विशेषताका कारण काम गर्न र क्वारेन्टाइनका बेला पढन निकै सजिलो भएकाले टेलिग्राम दैनिक १५ लाख जनाले साइन अप गर्ने गरेको बताइएको छ ।

टेलिग्रामले जुम र हाउसपार्टीले जस्तै सुरक्षित भिडियो कल फिचर विकास गरिरहेको टेलिग्रामले जानकारी दिएको छ । दुबईमा मूख्य कार्यालय रहेको टेलिग्रामले उसको ग्राम क्रिप्टोकरेन्सी वालेट र टन ब्लकचेनका बारेमा भने कुनै प्रतिक्रिया दिएको छैन ।


क्लिकमान्डु