नेपाल टेलिकमले शुन्य ब्यालेन्स भएकालाई निशुल्क सेवा दिने



काठमाडौं । नेपाल टेलिकमका ग्राहकले लकडाउन अवधिभर निशुल्क सेवा लिन पाउने भएका छन् ।

सिमकार्डमा जिरो ब्यालेन्स भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्नेछन् ।

यो सेवा सोमबार राति १२ बजेबाट लागू हुनेछ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाज्यूको पहलमा नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भएकालाई सेवा दिन लागेको हो ।

ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गरिनेछ । २५ वटा अन-नेट एसएमएस, ५० मिनेट अन-नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि ७ दिनको हुने, सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ ।

प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएमार्फत जानकारी पठाइने छ । सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिन्छ । प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने भने प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने छ ।


क्लिकमान्डु