कोरोना रोकथाम तथा उपचार कोषमा आइक्यानद्वारा १ करोड सहयोग
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
सरकारले स्थापना गरेको कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको र उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
बैठकले चालु आर्थिक वर्ष र आगामीआर्थिक वर्षको बैदेशिक भ्रमण सहित नियन्त्रण गर्न सकिने अन्यखर्चहरु कटौतिगर्ने समेत निर्णय गरेको छ । कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय बैठकले गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यानदिनुपर्ने देखिएकोले उक्त रणनीति तयार गर्ने उद्देश्य सहित अध्ययनगर्न लागिएको उनले बताए । यसैगरी लेखाव्यवसाय र लेखापरीक्षणका मापदण्ड कार्यान्वयनमा पर्ने प्रभावका विषयमा समितिले अध्ययन गर्नेछ ।
अनलाइन लर्निङ्ग प्लेटफर्म तयार गरी भर्चुअल टे«निङ्गका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापनगर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको आचार्यले बताए । भविष्यमा यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालनगर्न सक्ने गरी व्यवस्थापनगर्ने आइक्यानको तयारी रहेको छ ।
संस्थाले विदेशी लेखाव्यवसायी संस्थासंग सहकार्य गरेर सदस्यलाई भर्चुअल टे«निङ्ग र त्यसका आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षा वापतको प्रदानगर्ने समेत निर्णय गरेको उनले बताए ।
आइक्यानले कमजोर आयस्रोत भएकातथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापनागर्ने निर्णय पनि गरेको छ । ‘यसले विद्यार्थीहरुलाई केही राहत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ’, अध्यक्ष आचार्यले भने ।