लकडाउनका बेला कुमारी बैंकमा पहिरो, एकै पटक २ डेपुटी सीइओसहित २८ जनाले जागिर छाडे



काठमाडौं । लकडाउनको बेला कुमारी बैंकमा पहिरो गएको छ । कुमारी बैंकमा कार्यरत २८ जना उच्च कर्मचारीले बैशाख १ गतेदेखि लागू हुने गरी जागिर छाडेका हुन् ।

जागिर छाड्नेमा बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी छन् ।

चैत ६ गते मानव संसाधन विभागले उनीहरुको राजिनामा स्वीकृत गरेको थियो । र, त्यसलाई चैत ८ गतेको सञ्चालक समितिले अनुमोदन गरेको बैंकले जनाएको छ ।

यस्तै कम्पनी सचिव नरेन्द्र छतकुली, बरिष्ठ प्रबन्धक  राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल तथा सिपा रेग्मी कर्पोरेट कम्युनिकेशन हेड छन् ।

साथै रिटेल हेड विश्व रेग्मी, रिकभरी सन्जिव सैजु, रिसर्च एण्ड डेभलपमेन्ट हेड बिनोदनरसिंह श्रेष्ठ, अपरेशन हेड नमिता शाक्य छन् ।

बैंकले जागिर छाड्न चाहने कर्मचारीहरुलाई भीएसआरको विकल्प दिएको थियो । बैंक छाडेका २८ जना कर्मचारीले २ वर्षको तलबवापतको भीआरएस प्याकेज लिएर बाहिरिएका हुन् ।

जसमा राजीव गिरी कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक सहित अन्य वित्तीय संस्था मर्ज गर्दा कामू सीइओ थिए । भण्डारी काष्ठमन्डपका सीइओ थिए ।

करिब २ वर्ष जति कामू सीइओको रुपमा चलाएका राजीव गिरीलाई बोर्डले सीइओ दिएन । सिद्धार्थ बैंकबाट सुरेन्द्र भण्डारीलाई ल्यायो ।

सीइओकारुपमा रहेका भण्डारीले सेञ्चुरी छाडेका अनुजमणि तिमिल्सिनालाई डेपुटी सीइओ बनाएर ल्याए । त्यसपछि बैंकमा पुरानो कुमारी बैंक तथा मर्जबाट आएका उच्च कर्मचारीबीच विवाद भएको थियो ।


क्लिकमान्डु