लकडाउनले बन्द भएका सबै बैंकका शाखा ‘क्लोजिङ’का लागि खुले
काठमाडौं । आइतबार सबै बैंकका शाखाहरु खुलेका छन् । लक डाउन अवधिभर बैंक तथा वित्तीय संस्थाको सीमित शाखाहरुमा खुलिरहेका थिए ।
तर आइतबार भने चैत मासान्त (क्लोजिङ) को समय भएको कारणले बैंकहरुले अधिकांस शाखा कार्यलय खुल्ला गरेको नेपाल बैंकर्स संघका सिइओ अनिल शर्माले बताए ।
‘प्राय सबै शाखाहरु आज खुलेका जानकबारी आएको छ,’ शर्माले क्लिकमाण्डूसँग भने ‘संघले आधिकारीक रुपमा सबै शाखा खोल्ने निर्णय भने गरको हैन ।’
क्लोजिङको समय भएको कारणले बैंकहरुले आवश्यकता अनुसार कार्यलय खोलेको र आवश्यकता तथा सहजता अनुसार भोलिको दिनमा यसले निरन्तरता पाउने उनको भनाइ छ ।
अन्य दिनहरुमा भन्दा मसान्तमा बढी काम गर्नु पर्ने भएको कारणले सबै अधिकांस शाखा खुलाएको माछापुश्छ«े बैंकका सिइओ सन्तोष कोइरालाले बताए ।
‘ग्राहकको आवश्यकता र माग अनुसार हामीले बैंकको शाखा खुलेका हौँ,’ उनले भने ‘चैतमा ब्याज तिर्नेले १० प्रतिशत छुट पाउने घोषणा राष्ट्र बैंकले गरिदिएको कारणले पनि ग्राहकहरुले चैत मसान्तमा नै ब्याज बुझाउन इच्छा देखाएका छन् ।’
राष्ट्र बैंकले दिएको सहुलियत प्याकेजको सदुपयोग प्याकेज अन्तर्गतको १० प्रतिशत छुट को म्याद आज सकिने हुँदा पनि बैंकका ग्राहकको चाप बढिरहेको उनको भनाइ छ ।