धमाधम निक्षेपको ब्याज घटाउँदै बैंकहरु, कर्जाको जेठपछि मात्रै घटाउने



काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन् । बैंकहरुले वैशाख १ गतेदेखि लागुहुनेगरी बचनको ब्याजदर घटाउन लागेका छन् ।

बैंकहले सूचना जारी गरेर मुद्दती निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशत ब्याजज दिने जनाएका छन् । । यसअघि संस्थागततर्फ ८.५० र व्यक्तिगत ९.२५ प्रतिशत ब्याज रहेको छ ।

बैंकहरुका अनुसार बचतमा पनि ६.५० प्रतिशतबाट घटेर ५ प्रतिशतमा झारेको छ । बैंकको बचतको ब्याज वैशाख १ गतेदेखि नै परिवर्तन हुने भएपनि ऋणको ब्याज भने जेठमा मात्रै घटने छ ।

अहिले अधिकाश बैंकहरुले वेवसाइटमा सूचना नै जारी गरेर वैशाख १ गतेदेखि मुद्दती निक्षेप र बचत खाताको ब्याजदरमा कमी हुने जानकारी गराएका छन् ।

यो अवधिमा बैंक अफ काठमाण्डूले मुद्दती निक्षेपमा संस्थागत तर्फ ७ र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज दिने जानकारी गराएको छ भने बचतमा अधिकतम ५.५० र न्यूनतम ४ प्रतिशत ब्याज दिने जानकारी गराएको छ ।

यता एभरेष्ट बैंकले पनि संस्थागत रुपमा ७ र व्यक्तिगत रुपमा ८.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले बचतमा अभिकतम ५.५० र न्यूनतम ४ प्रतिशतसम्म ब्याज दिने  भएको छ । बैंकको २५ भन्दा बढी बचत खाता रहेका छन् ।

यस्तै ग्लोबल आइएमई बैंकले पनि वैशाख १ गतेदेखिको ब्याजदर सार्वजनिक गरेको छ । बैंकको पनि मुद्दतिमा संस्थागत ७ र व्यक्तिगतमा ८.२५ प्रतिशत ब्याज रहेको छ । बचतमा सबैभन्दा बढी ५.५० र कम ०.७५ प्रतिशत रहेको छ । बैंकले २१ वटा बचत खाता सन्चालनमा ल्याएको छ ।

लक्ष्मी बैंकले पनि वैशाख १ गतेबाट मुद्दतिमा संस्थागत तर्फ ७ र व्यक्तिगतमा ८.२५ प्रतिशत ब्याव दिने भएको छ ।

बैंकले बचतमा बढीमा ५.५० र कम्तीमा ४.५० प्रतिशतसम्म ब्याज दिखने छ  बैंकले १० प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।

यता सबैभन्दा बढी बचत खाता सञ्चालन गरेको एनआईसी एसिया बैंकले पनि नयाँ ब्यावदर सार्वजनिक गरेको छ । बैंकले पनि मुद्दतिमा संस्थागत तर्फ ७ र व्यक्तिगतमा ८.२५ प्रतिशत ब्याव दिने भएको छ। यस्तै बचतमा सबैभन्दा बढी ५.५ र कम ३.५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले हाले ७५ भन्दा बढी बचत खाता सन्चालमा ल्याएको छ ।

प्राइम बैंकले पनि मुद्दतिमा संस्थागत तर्फ ७ र व्यक्तिगतमा ८.२५ प्रतिशत ब्याज दिने सूचनामा उल्लेख छ । बचनतमा ५.५० प्रतिशत ब्याज दिने उल्ल्ेख छ । अन्य बैंकहरुले पनि ब्याजदर परिवर्तन गरिरहेका छन् ।


पुष्प दुलाल