तिनाउ मिसन डेभलपमेन्ट बैंकले कोरोना राहत कोष तथा स्थानीय तहमा सहयोग



बुटवल । तिनाउ मिसन डेभलपमेन्ट बैंकले प्रदेश नम्बर ५ को कोरोना उपचार तथा नियन्त्रण सम्बन्धी मुख्यमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका अध्यक्ष टिकाराम घिमिरेले १० लाख रुपैयाँको चेक मुख्यमन्त्री शंकरप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । साथै बैंकले ५४ वटा शाखा कार्यालय रहेको स्थानका स्थानीय तहमा समेत १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।

राहत रकम एवं सामग्री वितरणका लागि बैंकका सम्पूर्ण कर्मचारीले १ दिनको पारिश्रमिक योगदान गरेका छन् । बैंकले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने कोषबाट योगदान गरेको छ ।


क्लिकमान्डु