प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, नयाँ वर्षबाट बचतको ब्याज घट्दै
काठमाडौं । प्रभु बैंकले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेप र बचतको ब्याजदर घटाएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार मुद्दती निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशत रहेको छ । यसअघि संस्थागततर्फ ८.५० र व्यक्तिगत ९.२५ प्रतिशत ब्याज रहेको छ ।
बैंकका अनुसार बचतमा पनि ६.५० प्रतिशतबाट घटेर ५ प्रतिशतमा झारेको छ । बैंकले बचतमा सबैभन्दा बढी ५ र कममा १ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकको बचतको ब्याज वैशाख १ गतेदेखि नै परिवर्तन हुने भएपनि ऋणको ब्याज भने जेठमा मात्रै घटने छ ।
बैंकका अनुसार वैशाखमा कर्जाको ब्याजदर समायोजन गर्ने तथा ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले वैशाखको आधार दर अनुरुप जेठ १ गतेदेखि लागू हुने गरी स्वदेशी मुद्रामा प्रदान गरिएको सम्पूर्ण कर्जाको व्याजदर घटाईने छ ।
बैंकले प्रत्येक त्रैमासको समाप्तपछि यथावत रुपमा आधार दरमा आएको परिवर्तन अनुरुप व्याजदर समायोजन गरिने समेत जनाएको छ ।