घरमै बसेर पाउँनुहाेस ५० बढी देशकाे रेमिट्यान्स एनआईसी एशिया बैंकबाट



काठमाडौं । वल्ड रेमिट र अरबिट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीले एनआईसी एशिया बैंकको खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा रहेकोले बैंकले दुवै रेमिटसँग सहकार्य गर्दै घरमै बसेर स्वदेशमा रहेका आफन्तलाई पैसा पठाउन मिल्ने व्यवस्था गरेको छ ।

विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको पैसा नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा रहेको छ ।

जसबाट ग्राहक महानुभावहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् ।

यस योजनाले विदेशमा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नेछन् ।
वल्ड रेमिटबाट पैसा पठाउन https://www.worldremit.com/en/Nepal मा Log in
गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिने छ ।

https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकले वल्ड रेमिटबाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नेछन् ।
साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहकले थप जानकारी लिन सक्नेछन् । वल्ड रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नेछन् । त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ । वल्ड रेमिटबाट ग्राहकले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नेछन् ।

यस्तै अरबिट रेमिट बाट पैसा रकम पठाउनको लागि https://www.orbitremit.com/nepal मा  Log in  गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ ।

रकम पठाउदा कुनै समस्या भएमा अरबिट रेमिटको रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सकिने छ । अरबिट रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकले पहिलो ट्रान्सफर निःशुल्क रुपमा पठाउन सक्नेछन् । निःशुल्क रकम पठाउनको लागि पठाउदा FREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।

अरबिट रेमिटबाट ग्राहकले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सक्नेछन् । कोरोनाको विषम परिस्थितिमा ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु