चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान पीसीआर रिएजेन्ट दियो



काठमाडौं । चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई चौधरी ग्रुपले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

फाउण्डेसन अध्यक्ष विनोद चौधरीले भने ‘स्वास्थ्यमा सीमित साधन स्रोत र पूर्वाधार भएको अवस्थामा सरकारसँगको बलियो हातेमालोबिना अहिलेको विपदबाट छुटकारा पाउन सकिँदैन ।’

पहिलो चरण अन्तरगत फाउण्डेसनले सातै प्रदेशमा कुल ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


पुष्प दुलाल