एनसेल प्रयोगकर्ताले ‘प्रभु टिभी’ सित्तैमा हेर्न पाउने



प्रभु टिभिले लकडाउन अफर अन्तरगत एकमहिनासम्म मोवाइलमा निशुल्क टिभी हेराउने भएको छ ।

एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभीले एकमहिनासम्म निशुल्क सेवा दिने भएको हो । कोरोना सन्त्रासका कारण सरकारद्धारा जारी लकडाउनको समयअवधिमा घरमा बस्ने सबैका लागि यो सेवा उपलव्ध हुने छ ।

त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टिभीको वालेटमा गएर प्रभु टिभि डाउनलोर्ड गर्नु पर्ने छ । प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एकमहिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभीले जनाएको छ ।

लकडाउनका समयमा घरमा बस्दा दिक्दारी खेप्नुपरेको अबस्थामा यसले धेरै नेपालीहरुलाई मनोरंजन तथा समाचारका लागि सहयोगि भूमिका खेल्ने विश्वास गरिएको छ । त्यसका साथै विभिन्न रमाइला कार्यक्रमहरु पनि उपलव्ध गरिएका छन् ।

उक्त एपबाट नेपाली च्यानलहरु सहित सन्सारका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालीटीमा हेर्न सकिन्छ । प्रभु टिभीले मोवाइलबाटै टिभि हेर्न सकिने बनाएपछि धेरै नेपालीलाई यसले सहजिकरण गरेको छ । लकडाउन अबधिमा पनि प्रभु टिभीले सेवा दिँदै आएको छ ।


क्लिकमान्डु