गभर्नर अधिकारीको पदभार ग्रहणः कोरोना प्रभावको अध्ययन गर्न समिति बनाउने पहिलो निर्णय



काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी पदभार ग्रहण गरेका छन् ।

अधिकारीलाई सर्बोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ खुवाएका थिए । सर्बोच्चमा सपथ खाएपछि अधिकारी राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई स्वागत गर्न डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ सहित केन्द्रीय बैंकका उच्च कर्मचारी उपस्थित थिए ।

पदभार ग्रहण गर्दै उनले कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभार र आवश्यक नीतिगत प्रकृयाको बारेमा अध्ययान गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई ५ वर्षे कार्यकालको लागि गभर्नर पदमा नियुक्त गरेको थियो ।


क्लिकमान्डु