सिंगापुरमा २० हजार विदेशी कामदारलाई क्वारेन्टाइमा राखियो



काठमाडौं । सिंगापुरले २० हजार जना विदेशी कामदारलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखेको छ ।

कोरोना संक्रमित पुष्टि भएपछि दुइ वटा निवास क्षेत्रलाई आइसोलेट गरिएको हो । एउटा क्षेत्रमा ६३ वटा कोरोना केस र १३ हजार कामदार र अर्कोमा २८ वटा केस सहित ६ हजार ८ सय कामदार रहेका छन् । उनीहरु दक्षिण एशियाबाट निर्माण कार्यका लागि सिंगापुर गएको बताइएको छ ।

क्वारेन्टाइनमा राखिएका कामदारलाई तलबका साथै एक दिनमा तीन पटक खान दिइनेछ । तर कतिपयले उक्त ठाउँमा धेरै हल्ला र फोहोर भएको उजुर गरेका छन । उक्त क्षेत्रलाई अहिले पुर्णतया सिल गरिएको छ ।

उक्त कदमबारे सिंगापुर सरकारले भनेको छ- ती क्षेत्रमा कोरोना केशहरु बढिरहेको भेटियो, आइसोलेसनले कामदारहरुलाई सुरक्षित राख्नुका साथै उग्र संक्रमणबाट रोक्नेछ ।

क्वारेन्टाइनमा राखिएका कामदारहरुलाई ब्लक छोडन निषेध गरिएको छ र आफ्नो कोठा वा फ्लाटमा नबस्नेसँग नमिसिन भनिएको छ ।

सिंगापुरमा अहिलेसम्म १ हजार ३ सय जना संक्रमित भएका छन भने ६ जनाको मृत्यु भएको छ । सिंगापुरमा १४ लाख विदेशी कामदार रहेको तथ्यांक छ जसमध्ये २ लाख ८४ हजार जना निर्माण कामका लागि गएका छन् ।

विशेषगरी निर्माण कामका लागि भारत, बंगलादेश, श्रीलंका र थाइल्याण्डबाट कामदार जान पाउछन् ।


पुष्प दुलाल