विपदमा सबै मिलेर काम गरौं, ज्यान जोगाउने बेलामा बीमालेख बेच्ने कुरो भएनः शिवनाथ पाण्डे



कोरोना भाइरस (कोभिड १९) फैलिन नदिनका लागि सरकारले लकडाउन घोषणा गरेपछि कार्यालय संचालन गर्ने कुरा भएन । सरकारले बाहिर हिँड्यो भने ६ महिना जेल सजाय गर्ने कानून ल्याएको छ ।

जीवन बीमा कम्पनीहरु पब्लिकसँग नै जानुपर्छ । बीमालेख बिक्री, रिन्यु र ऋण दिनको लागि व्यक्ति चाहिन्छ । हामीले अनलाइनमार्फ कार्यालय संचालन गर्ने भन्ने एशोसिएसनले निर्णय गरेका छौं । बीमा समितिको समन्वयनमा त्यस्तो निर्णय गरेका हौं ।

शुरुमा केन्द्रीय कार्यालय र केही शाखा केही कर्मचारी गएर चलाउने भन्ने कुरा भएको थियो । पास लिन पनि कठिन भयो । एशोसिएसनको तर्फबाट जीवन बीमामा न्यूनतम सेवा दिनको लागि अध्यक्ष र महासचिवको नम्बर राख्नुहोस् भनियो । सबै कम्पनीहरुले आफ्नो अनलाइन सेवामार्फत काम गरेका छन् । भर्चुअलरुपमा अफिसहरु चलेका छन् ।

जीवन बीमा कम्पनीले कसरी काम गरिरहेका छन् ?: प्रभु लाइफका सीइओ नारायण पौडेल

बीमाको रिन्युको केसमा पनि बीमा समितिले चैतभरमा रिन्यु नगर्दा हुँदा भन्ने नीति ल्यायो । जरिवानामा छुट दियो । यो हिसाबले हामीले अहिलेको परिस्थितिमा लकडाउनलाई पालना गर्दै कसैलाई सेवा आवश्यक परेमा सेवा दिएका छौ ।

अहिले जीवन बीमा कम्पनी ‘वर्क फर्म होम’ हो । लकडाउनको समयमा जीवन बीमा गराउनको लागि भने मान्छेहरु आएका छैनन् । अत्यन्त न्यून संख्यामा मात्र बीमा गर्नु पर्यो भनेका छन् । यसमा हामीले सेवा दिएको अवस्था छ । सेवाग्राहीहरु त्यसरी आएका छैनन् । मान्छे आफैं सुरक्षित हुन खोजेको छ । खाद्यान्य जोहो गर्ने र आफु जोगिने अवस्थामा जीवन बीमाको पोलिसी बेच्ने कुरा पनि भएन ।

कोरोनाले पारेको असरलाई नीतिगत सम्बोधन हुन्छ

यस्तो अवस्था नेपालमा नआउँदा नै राम्रो हुन्छ । हाम्रो कामना पनि त्यही नै हो । तर, अहिले बजारमा कोरोना लागेको व्यक्तिको त्यही कारण मृत्यु भएमा त्यो व्यक्तिले बीमा गरेमा पैसा नपाउने भ्रम छ । यदि कोरोना लागेको व्यक्तिको मृत्यु भयो र उसले जीवन बीमा पोलिसी खरिद गरेको छ भने उसका परिवारका सदस्यले सो बराबरको रकम पाउने छन् ।

कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेजस्तै जीवन बीमा व्यवसायमा पर्ने छ । अहिले कार्यालयहरु खुलेका छैनन् । भर्चुअल मात्र कार्यालय खोलेका छन् । कोरोनाले आर्थिक बृद्धिदर कम हुने भनेको छ । अर्थतन्त्रको आकार नै घट्ने हुन्छ । व्यक्तिले पैसा कमाएपछि न जीवन बीमा गर्ने हो ।

अहिले नै बाँच्न र खाद्यान्यको लागि मुस्किल पर्ने अवस्था हुने देखिन्छ । जीवन बीमा क्षेत्रमा कुनैपनि चहलपहल भएको छैन । यो समय भनेको व्यवसाय अत्याधिक हुने समय हो । चैतदेखि असारसम्म बढी प्रिमियम संकलन हुन्छ । कुनैपनि आर्थिक क्रियाकलाप नहुँदा बीमा व्यवसाय बढ्ने भन्ने हुँदैन ।

राज्यले जीवन बीमा कम्पनीलाई भन्दापनि रिन्यु गर्ने पाटोमा छुट दिनुपर्यो । राज्य आफैपनि कुन क्षेत्रलाई सहयोग दिनुपर्ने भन्नेमा होला । ऐजेन्टहरुको केसमा लाइसेन्सको रिन्युको पाटो हो । चैतमा रिन्यु भएन भने पेनाल्टी नलगाउने भन्ने हो । पोलिसीहरु रिन्यु हुन सकेको छैन । यसमा रिन्यु गर्ने समय थपेको हो । राज्यले पछि बीमा सम्बन्धि केही छुट पछि दिए हुन्छ । सरकारले आर्थिक क्रियाकलाप बढाएपछि बीमा क्षेत्रपनि राम्रो हुन्छ । कोरोनाको कारण विश्वमा नै आर्थिक संकट आउने खतरा छ ।

राज्यलाई पनि बीमा क्षेत्रले सहयोग गरेको छ । बीमा समितिले ५ करोड रुपैयाँ गरेको छ । केही कम्पनीले दिएका छन् । यो अहिले दिँदा राम्रो हुने र पछि दिदा नराम्रो हुने हुँदैन । हामीले पनि हाम्रो सेक्टरबाट विस्तारै यो कोषमा सहयोग गर्नेछौं । यो विपतको अवस्था छ । हामी सबै मिलेर काम गर्नुपर्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल