एनसेलले इन्टरनेटमा घटायो २५% शुल्क



काठमाडौं । एनसेलले बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्कमा २५ प्रतिशतले घटाएको छ ।

एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रतिएमबी रहेको पे एज यु गो शुल्क १ रुपैयाँ ५० पैसा प्रतिएमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ ।

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागिकम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजनाअन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्कथप सुलभ हुँदै जान्छ ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुट सँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेनब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् ।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५,१०,२०, ३० वा यो भन्दाथप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्तगर्दै जानेछन् । शुरुमा १० रुपैयाँ डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने छन् ।

ग्राहकले २ रुपैयाँ मेनब्यालेन्स १.०४ एबीडेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहितकुल ७३ एमबी डेटा पाउनेछन् । यदिग्राहकले मेनब्यालेन्सको १०० रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहितकुल २५० एमबी डेटा पाउनेछन् ।


क्लिकमान्डु