लकडाउन अवधिभर इन्टरनेट र डाटा प्याकमा २५ प्रतिशत छुट दिइने



काठमाडौं । सरकारले इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले दुरसञ्चार प्रदायक कम्पनीले इन्टरनेट र डाटा प्याकमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

साथै सरकारले निजी सेवा प्रदायकलाई समेत यस्तो छुट दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।


क्लिकमान्डु