कोरोना कोषमा प्रदेश ५ का उद्योगीको साढे दुई लाख सहयोग



परासी । उद्योगी व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर ५ ले प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको १० करोडको कोषमा उक्त रकम उपलब्ध गराइएको महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारीले बताए ।

विपद्मा सरकारलाई जुनसुकै सहयोग गर्न व्यवसायी तयार रहेको उनको भनार्इ थियो । कोषमा स्वेच्छिक सहयोग गर्न चाहानेका लागि प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाको खाता नं. ३१२०५०३०००३०१ मा रकम जम्मा गर्न आग्रह गरेको छ । कोषमा हालसम्म प्रदेशका छ मन्त्रीले एक÷एक महिनाको तलब उपलब्ध गराएका छन् ।


क्लिकमान्डु