चैत मसान्तमा बैंक ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने



काठमाडौं । यो चैत मसान्तमा बैंक वित्तीय, तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि सरकारले यस्तो सहुलियत दिने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अबलम्बन गरिने विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी भुक्तानी गर्नुपर्ने दस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्यूनतम कायम गर्नुपर्नेछ ।

अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित ९ वटा निर्णय गरेको छ ।

 


क्लिकमान्डु