परिसंघद्वारा स्वास्थ्य विभागलाई निजी सुरक्षा उपकरण हस्तान्तरण



काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गरेका हुन ।

हाल परिसंघसंग उपलब्ध रहेको सामान उपलब्ध गराईएको र निकट भविष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्री समेत उपलब्ध गराउने बताए । अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले उपकरणहरु हस्तान्तरण गरेको बताए । यसअघि सरकारले स्वास्थ्य उपकरण जुटाउने कार्य चुनौतीपूर्ण रहेकाले आवश्यक सहयोग गर्न आह्वान गरेको थियो ।


क्लिकमान्डु