निजी विद्यालयका संस्थालाई २ हजार क्षमताको होस्टेल र स्कुलको विवरण पेश गर्न पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले निजी विद्यालयका संघहरु हिसान, प्याब्सन र एनप्याब्सनलाई २ हजार व्यक्ति अट्ने क्वारेन्टाइन बनाउन मिल्ने विवरण पेश गर्न निर्देशन दिएका छन् ।

आइतबार निर्देशन दिँदै पर्यटनमन्त्री भट्टराईले क्वारेन्टाइन बनाउन मिल्ने होस्टेल, स्कुलको स्थानसहितको विवरण सोमबार बिहान १० बजे पेश गर्न निर्देशन दिएका हुन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय खेलकुद परिषद काठमाडौं, ललितपुर, पोखरा बुटवल र धरानमा रहेका होस्टल तथा रंगशाला (टेन्टबाट निर्माण गर्न सकिने सहित)मा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता यकिन गरी पेश गर्न समेत निर्देशन दिएका छन् ।


क्लिकमान्डु