कोरोना प्रभावः एउटा जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले सोमबारदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनमा रोक लगाइसकेको छ ।
सरकारले २५० किलोमिटरभन्दा लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।
आइतबार यातायात विभागका महानिर्देशक एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि सार्वजनिक सवारी साधनमा रोक लगाइने बताए ।
‘कोरोना भाइरसको संक्रमण रोकथामका लागि लामो दूरीका सवारीसहित एक जिल्लाबाट अर्को जिल्लामा समेत सार्वजनिक सवारी चलाउन नपाइने निर्णय हुँदैछ,’ उनले भने ।
उनका अनुसार आइतबार साँझसम्म निर्णय भइसक्नेछ ।
अहिले काठमाडौं उपत्यका बाहिरिने र भित्रने सवारी साधनमा रोक लगाइनेछ ।