भावुक हुँदै गभर्नर नेपालले मागे बैंकरसँग बिदाई, बैंकरले भने- तपाईको कार्यकाल पूर्ण सफल



काठमाडौं । राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपालले बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुसँग बिदाई भेट गरेका छन् ।

कार्यकाल सकिन २ दिन अगाडि राष्ट्र बैंकमा बोलाएर गभर्नर नेपालले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोशियसन, फाइनान्स कम्पनी बैंकर संघ र माइक्रोफाइनान्स बैंकर संघका पदाधिकारीहरुसँग बिदाई भेट गरेका हुन् ।

गभर्नर डा. चिरञ्जीबी नेपालको कार्यकाल समीक्षाः कठिन परिस्थितिमा पनि ऐतिहासिक काम

भावुक हुँदै गभर्नर नेपालले बैंकरहरुलाई आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा धन्यवाद् दिएका छन् ।

अन्य समयभन्दा आज गम्भिर मुद्रामा गभर्नर नेपाल देखिएको कार्यक्रममा उपस्थित एक बैंकरले क्लिकमाण्डूलाई बताए ।

‘उहाँ केही गम्भिर हुनुहुन्थ्यो,विगत ५ वर्षदेखी सम्हालेको कार्यभार छोडेर जानु पर्दा सामान्यतय गम्भिर हुनु स्वभाविक नै हो’ उनले भने ‘उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको भयो ।’

बैंक तथा वित्तीय क्षेत्रका बाहेक अन्य सरोकारवालाहरु र राष्ट्र बैंकका केही अधिकारीहरुको पनि उपस्थीति बिदाई कार्यक्रममा रहेको उनले जानकारी दिए ।

आगामी दिनमा सहकार्य गर्ने अवसर प्राप्त भएमा पुनः सहयोगको अपेक्षा राखेको गभर्नरले राखेको उनले बताए ।


क्लिकमान्डु