पोखराबाट अन्नपूर्ण फाइनान्स हुँदै उदाएको कैलाशको अस्तित्व सकियो



काठमाडौं । प्राइम कमर्शिल बैंक र कैलाश विकास बैंकले बिहीबारबाट संयुक्त करोबार सुरु गर्ने भएका छन् ।

पोखराबाट सुरु भएको बैंकको इतिहास बिहीबार बाट प्राइम बैंकमा पुगेर बिलय हुने भएको छ ।

पोखरामा अन्नपूर्ण फाइनान्सको नाममा यो बैंकको उदय भएको हो । अन्नपूर्ण फाइनान्स बाट स्तरोन्नति भई कैलाश विकास बैंक हुँदै अहिले प्राइम बैंकले एक्वायर गरेपछि यसको विलय हुन लागेको हो । गत असार २० गते यी दुई बैंकबीच एक्विजिशन सम्झौता भइसकेको छ । उक्त अनुमतिपछि बिहीबारबाट एकिकृत कारोबार हुन लागेको हो ।

कैलाश विकास बैंक प्राइममा जानु अघि मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई गाभेको थियो । त्यसपछि अहिले आफै प्राइममा बिलय भएको छ ।

राष्ट्रिय स्तरको कैलाश विकास बैंकले लगाचनीकर्तालाई दिने लाभांश पनि प्राइम कै हाराहारीमा दिने गरेको थियो । नाफा आर्जन पनि राम्रो नै देखिएको थियो ।

कैलाशले आर्थिक वर्ष २०७५/०७६ मा १८.७७, आव २०७४/०७५ मा १७, आव २०७३/०७४ मा १९.५, २०७२/०७३ मा २५, २०७१/०७२ मा २४, २०७०/०७१ मा २५, २०६९/०७० मा १९, २०६८/०६९ १२, २०६७/०६८ मा ११ र आव २०६६/०६७ मा ११ प्रतिशत लाभांश दिएको थियो ।

यस्तै प्राइम बैंकले पनि आर्थिक वर्ष २०७५/०७६ मा १६, आव २०७४/०७५ मा १६, आव २०७३/०७४ मा २७, २०७२/०७३ मा १८.४६, २०७१/०७२ मा १८.९५, २०७०/०७१ मा २०, २०६९/०७० मा १५, २०६८/०६९ ११.५८, २०६७/०६८ मा १२.६३ र आव २०६६/०६७ मा २०.५३ प्रतिशत लाभांश दिएको थियो ।

हाल प्राइम बैंकको चुक्ता पुँजीे ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ६८९ रुपैयाँ छ । बैंकले लगानीकर्तालाई गत आवको नाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गरेसँगै बैंकको चुक्ता पुँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ रुपैयाँ रहने छ ।

यस्तै कैलाशको चुक्ता पुँजी २ अर्ब ९२ करोड ३९ लाख ३७ हजार ८ सय रुपैयाँ रहेको छ । यी दुवै बैंक मर्ज भएपछि प्राइम बैंकको नामबाट कारोबार हुने छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १४ अर्ब रुपैयाँको हाराहारीमा पुग्छ ।


क्लिकमान्डु