यी हुन् आफ्नै बलबुतामा अर्बपति भएका महिला



काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । यो अवसरमा हामीले विश्वका धनाड्य नारीहरु को को हुन् त भनेर जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारेका हौं । आफ्नै बलबुताले  एक अर्ब डलर अर्थात् एक खर्ब नेपाली रुपैयाँभन्दा बढी सम्पत्ति भएका नारीहरुको बारेमा मात्रै यो रिपोर्ट केन्द्रित छ ।

डायना हेन्ड्रिक्सः ७३ वर्षिया अमेरीकाको सबै टप विजनेस वुमन डायना हेन्ड्रिक्स अमेरिकामा छत, साइडिङ र विन्डोहरुको थोक वितरक गर्ने कम्पनीे डायना हेन्ड्रिक्स चिर्यस् एबीसी सप्लार्यस्को अध्यक्ष हुन् । यो कम्पनी अमेरीकाको सबैभन्दा ठुलो सप्लार्यस् कम्पनी हो । हेन्ड्रिक्सले सन् १९८२ मा आफ्नो पति केनसँग मिलेर यसको शुरुवात गरेकी थिइन् भने सन् २००७ मा उनको पतिको मृत्यु भएपछि उनी एक्लैले यो व्यवसाय सञ्चालन गरेकी हुन् ।

हाल यो कम्पनीको विश्वभर ७ सय ८० शाखा छन् भने यसको व्यापार १० विलियन अमेरिकी डलर छ । अहिलेको उनको सम्पती ६.९ विलियन अमेरिकी डलर छ । उनी ७ जना छोराछोरीकी आमा हुन् । उनले हाइस्कुलबाट डिप्लोमा गरेकी हुन् । सन् २०१९ मा विलिनियरहरुको २५७ नम्बरमा उनी सुचीकृत भएकी थिइन् ।

मेगा ह्वाइटम्यानः अमेरीकाको सफल महिला व्यवसायीको दोस्रो नम्बरमा ६३ वर्षिया म्याग ह्वाइम्यान पर्दछिन् । उनी सन् १९९८ देखि सन् २००८ सम्म इ–बे कम्पनीको सीइओ भएर काम गरेकी थिइन् । सो समयमा कम्पनीको सेल उनले ५.७ मिलियन अमेरिकी डलरबाट ८ विलियन अमेरिकी डलरमा पुर्याएकी थिइन् ।

उनी सन् २०११ देखि सन् २०१५ सम्म ह्याउलेट–प्याक्यटको सीइओको कार्यभार सम्हालिन् । हाल उनी अमेरिकाको क्विबी कम्पनीको सीइओ हुन् । उनी सन् २०१७ मा अमेरीकाको धनी व्यक्तिहरुको ८९ नम्बरमा र सन् २०१९ मा संसारका विलिनियरहरुको ६४५ नम्बरमा सुचीकृत भएकी थिइन् । हाल उनको कुल सम्पत्ति ३.७ विलियन अमेरिकी डलर छ । उनी २ सन्ताकी आमा हुन् ।

मारियन इलिचः कुल ३.८ विलियन अमेरिकी डलर सम्पत्ति भएकी मारियन इलिच अमेरिकाको सक्षम तथा सफल महिला उद्यमी हुन् । पति माइकसँग मिलेर उनले सन् १९५९ मा लिटल सिजर पिज्जा नामक कम्पनी शुरु गरेका थिए । हाल यो कम्पनीको पिज्जा चेन नै वार्षिक ४ विलियन अमेरिकी डलर बराबरको भएको छ ।

इलिचको हाल डेट्रोइड रेड विंग्स र मोटरसिटी क्यासिनो होटल पनि छ । उनी विभिन्न ठाँउमा खेल र मनोरन्जनका लागि आवश्यक भवन निमार्णमा १.४ विलियन अमेरिकी डलर सहयोग गरेकी छिन् भने ती भवनहरुमा पिज्जा आकारका ढोकाहरु निमार्ण गरिएको छ । उनको पति माइकको सन् २०१७ मा देहान्त भयो । उनी ७ सन्तानकी आमा हुन् । सन् २०१९ मा उनी संसारको विलिनियरहरुमा ४७८ नम्बरमा सुचीकृत भएकी थिइन् ।

जुडी फाल्कनरः अमेरिकाको सफल महिला व्यवसायीहरु मध्येमा जुडी फाल्कनर चौथो नम्बरमा पर्दछिन् । हाल उनी इपिक्स सिस्टमको सीइओ र फाउन्डर पनि हुन् । कुल ३.९ विलियन अमेरिकी डलर सम्पत्तिकी धनी ७९ वर्षिया फकनर ३ सन्तानकी आमा हुन् । उनीले सन् १९७९ मा अमेरिकाको मेडिकल–रेकर्ड सफ्टवेयर कम्पनी इपिक्सको स्थापना गरेकी थिइन् ।

इपिक्सले २५० वटा भन्दा बढी बिरामीहरुको मेडिकल रिपोर्ट राख्न सहयोग गदैछ भने यो सफ्टवोयर अमेरिकाका राम्रा मेडिकल सेन्टरहरु जस्तै जोन्स हप्किन र मेयो क्लिनिकले प्रयोग गर्छन् । उनी एक कम्पुटर प्रोग्राम कम्पनीको सीइओ पनि हुन् । जसले सन् २०१८ मा नै २.९ विलियन अमेरिकी डलरको व्यापार गरेको थियो । उनी सन् २०१९ मा संसारको विलिनियरहरुको ५९७ नम्बरमा सुचीकृति भएकी थिइन् ।

थाई लीः थाई ली सन् २०१८ मा १० विलियन अमेरिकी डलरको व्यापार गर्ने आइटी कम्पनी एसआईआई इन्टरनेसनलको सीइओ हुन् । यो कम्पनीको ग्राहक मात्र २० हजार बढी छन् । बैंककमा जन्मिएकी लि दक्षिण कोरियामा हुर्केकी हुन् भने अमेरिका उच्च शिक्षाको लागि बसाईं सरेकी हुन् ।

ली र उनको पूर्वपतिले सन् १९८९ मा एसएचआई नामक सफ्टवोयर कम्पनीलाई १ मिलियन अमेरिकी डलर खर्च गरेर किनेका थिए । उनीले सन् २०१८ मा सोन्ड हेल्थ अन्तरगर्तको वायो फार्मा कम्पनीमा आवद्ध भइन् । हाल उनी ६१ वर्षकी भइन् भने उनको २ सन्तान छन् । उनी सन् २०१९ मा संसारका विलिनियरहरुको १११६ नम्बरमा सुचीकृत भएकी थिइन् ।


पुष्प दुलाल