एक घन्टापछि बन्यो नेप्सेको अनलाइन, कारोबार समय ५५ मिनेट थपियो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीमा देखिएको समस्या एक घन्टा पनि समाधान भएर पुनः सेयर कारोबार सुुरु भएको छ ।

नेप्सेको प्रणालीले १२ बजेर ४१ मिनेट देखि काम नगरेपछि सेयर कारोबार रोकिएको थियो । कारोबार बन्द भएको झण्डै १ घन्टा पनि उक्त समस्या समाधान भएर कारोबार खुलेको छ ।

अनलाइन सिस्टममा समस्या भएपछि नेप्सेले सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि टिएमएस सिस्टमले काम नगरेको जानकारी गराएको थियो ।

नेप्सेले सूचना जारी गर्दै ५५ मिनेट करोबार समय थप्ने जानकारी गराएको छ । सामान्यतया ३ बजे कारोबार समय सकिने भएपनि नेप्सेका अनलाइन सिस्टममा समस्या देखिएपछि कारोबार बन्द भएको थियो । आजको कारोबार ३ः५५ बजेसम्म हुने छ ।


क्लिकमान्डु