सुनको मूल्य एकैदिन १५ सयले बढ्यो, तोलाकै ८० हजार नाघ्यो



काठमाडौं । सूनको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्यमा वृद्धि आएपछि त्यसको स्थानीय बजारमा समेत देखिएको हो ।

संसारभर नै चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेको तथा अदृश्यरुपमा सुनमा लगानी गर्नेहरु बढेपछि एकाएक सुनको भाउमा उछाल आएको हो ।

स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो आइतबारको तुलनामा १५ रुपैयाँ बढी हो ।

यस्तै तेजावी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार यो प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आइतबार ९२० रुपैयाँमा कारोबार भएकोमा सोमबार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु