काटेश्वर–सूर्यबिनायकमा नयाँ ट्राफिक नियम, यात्रुबाहक बस बायाँ लेनमा मात्रै कुदाउन पाइने



काठमाडौं । काठमाडौं उपत्यकाको कोटेश्वर–सूर्यबिनायक सडक खण्डमा अत्यधिक ट्राफिक चाप भएपछि ट्राफिक प्रहरीले नयाँ जुक्ती निकालेको छ । त्यो हो, लेन विभाजन ।

प्रहरीका अनुसार अब सूर्यबिनायक–जडिबुटी सडक खण्डमा यात्रुबाहक र मालबाहक सवारी र कम गतीमा गुड्ने सवारीहरु बाँया लेनबाट मात्रै कुदाउन पाइनेछ ।
त्यस्तै, दाहिने लेनबाट निजी तथा साना सवारी मात्रै गुड्नेछन् । र, यो व्यवस्था फागुन १४ गतेदेखि लागू गरिनेछ ।

उपत्यकाको सवारी आवागनलाई सहज बनाउन प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले बुझाएको प्रतिवेदनका आधारमा उक्त नियम लागू गरिएको हो ।


क्लिकमान्डु