सेन्चुरी बैंकका ग्राहकले रोयल कटेजमा १५% छुट पाउने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र रोयल कटेज बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु