युनाईटेड फाईनान्सको सिल्भर जुविली बचत खाता संचालनमा



काठमाडौं । युनाईटेड फाईनान्सले २५ औं बार्षिकोत्सवका अवसरमा रक्तदान, खाध्यान्न तथा स्टेशनी वितरण, ट्राफिक पोष्ट निमार्ण लगायतका सामाजिक काम गरेको छ ।

संस्थाले सिल्भर जुविली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम समेत संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरनतरता दिदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान समेत संचालनमा आएको छ ।

फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु