एनआईसी एशिया बैंकको धनुषाधाम शाखा सञ्चालन



काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको छ ।

उक्त शाखाको सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले उदघाटन गरेका छन् । उक्त शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने बैंकले विश्वास लिएको छ ।

बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु