मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेपछि स्थानीय बजारमा समेत सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि लागि छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ४०० रुपैयाँ तोकेको छ । यस्तै चाँदी प्रतितोला प्रतितोला ८९० रुपैयाँ निर्धारण गरेको छ ।
मंगलबार सुनको भाउमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो । चाँदीको भाउ भने मंगलबार स्थीर रहेर सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।
सोमबारका लागि छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला प्रतितोला ८९० रुपैयाँमा खरीद बिक्री भएको थियो ।