बैदेशिक रोजगार बोर्डले डेढ अर्बबढी मद्दति खातामा राख्न बैंक समक्ष प्रस्ताव माग



काठमाडौं । वैदेशिक रोजगार बोर्डले १ अर्ब ६५ करोड रुपैयाँ मुद्दति खातामा जम्मा गर्ने भएको छ ।

बोर्डले मंगलबार एक सूचना प्रकाशित गरी वैदेशिक रोजगार कल्याणकारी कोषको मुद्दति खातामा निक्षेप रहेको १ अर्ब ४३ करोड रुपैयाँ यही फागुन २३ गते परिपक्क हुने भएको छ ।

यस्तै, विभिन्न वाणिज्य बैंकमा मौजाद रहेको थप २२ करोड रुपैयाँ समेत गरी १ अर्ब ६५ करोड रकम मुद्दति खातामा जम्मा गर्नका लागि ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

वाणिजय बैंकहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर लगायत अन्य विवरण उल्लेख गरी यही फागुन १२ गतेभित्र शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु