कामना सेवाको प्रदेश ७ मा एकैसाथ २ वटा शाखा सञ्चालन




काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमोे एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको छ ।

यो सँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् । सुखड शाखाको समुद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गरेका थिए ।

यसैगरी लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गरेका थिए ।


क्लिकमान्डु