पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।

निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँका दरले मूल्य समायोजन गरेको जानकारी दिए ।

उनका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ तथा डिजल र मट्टितेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनले गत फेब्रअरी १ मा पठाएको नयाँ मूल्य अनुसार मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।


क्लिकमान्डु