माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसको प्री क्वाटर फाइनलमा प्रवेश



काठमाडौं । काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ ।

तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्रि क्वाटरफाईनलमा प्रबेश गरेको हो । क्वाटरफाईनल प्रबेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ ।

काठमाण्डौको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमि फाईनल तथा फाईनल खेलहरु हुनेछन् ।


क्लिकमान्डु