कृष्णबहादुर महराले सफाइ पाए



काठमाडौं । बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले सोमबार फैसला सुनाउँदै महरालाई सफाइ दिएको हो ।

आइतबार अन्तिम सुनुवाइ भए पनि सोमबार मात्रै फैसला सुनाइएको हो ।

यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसला विरुद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो ।

महराले असोज १२ गते राति तीनकुनेस्थित रोशनी शाहीको कोठामा गएर बलत्कारको प्रयास गरेको शाहीले प्रहरीलाई जानकारी गराएकि थिइन् ।


क्लिकमान्डु