टिकटक बन्यो उत्कृष्ट एप, गत वर्ष मात्रै कमायो २० अर्ब



स–साना भिडियो राख्न मिल्ने टिकटक गत वर्ष सबैभन्दा रुचाइएको एक बनेको छ । चिनियाँ एपले अहिले संसारभर १० करोड ४० लाख पटक डाउनलोड भएको छ ।

ग्लोवल वेव इनडेक्सको तथ्यांक अनुसार सन २०२० जनवरी विश्वभर प्रयोग गरिने नन् गेमिङ एपमध्ये टिकटक नम्बर वान बन्न सफल भएको हो ।

सो अवधिमा विश्वभरमा टिकटक एप सबैभन्दा धेरै १० करोड ४ लाख पटक डाउनलोड भएको छ भने दोस्रो नम्बरमा ह्वाटसएप ९ करोड पटक डाउनलोड भएको छ ।

सन् २०१८ जुलाईदेखि सन् २०१९ अप्रिलसम्म टिकटकले ६० लाखबढी डाउनलोड गरिएका असभ्य तथा अनुचित भिडियो हटाएको जानकारी दिएको छ ।

संसारको सबैभन्दा भ्याल्लुएवल स्टार्टअप भएको यो एप वाइट डान्स नामक चिनियाँ कम्पनीको हो । सन् २०१८ अक्टुबरसम्म यसमा ७५ अर्ब डलर बराबरको मुल्यांकन भएको छ ।

सन् २०२० जनवरी १७ सम्म यो एप विश्वभरमा अर्बभन्दा बढी पटक डाउनलोड भएको छ । गत वर्ष संसारभर सबैभन्दा बढी डाउनलोड हुने वाटस्याप एप पहिलो, टिकटक दोस्रो, म्यासेन्जर तेस्रो, फेसबुक चौथो र इस्ट्राग्राम पाचौँ नम्बरमा थियो ।

टिकटक एपका लागि सन् २०१९ सबैभन्दा राम्रो वर्ष सबित भएको छ । सो वर्ष २२ करोड बढी प्रयोगकर्ताले यो एप डाउनलोड गरेका छन् । यो तथ्यांक तेस्रो त्रैमासभन्दा २४ प्रतिशले बढी हो ।

हालसम्म टिकटकले २८ अर्ब ३ करोड रुपैयाँ कमाइसकेको छ । जसमध्ये ७१ प्रतिशत अर्थात १९ अर्ब ९० करोड रुपैयाँ सन् २०१९ को कमाइ हो ।

यो एपको ४१ प्रतिशत प्रयोगकर्ता १६ वर्षदेखि २४ वर्षका छन्, भने उनीहरुले यसको प्रयोग औसतमा प्रतिदिन ३४ मिनेट गर्छन् । साथै विश्वभर चर्चित एपमा सबैभन्दा बढी समय फेसबुकमा प्रतिदिन ४४ मिनेट र इस्ट्राग्राममा २३ मिनेट ८ सेकेन्ड समय बिताउछन् ।- एजेन्सी


क्लिकमान्डु