पुरुष रोवर्टलाई सहयोग गर्न इसरोले महिला रोवर्ट अन्तरिक्षमा पठाउँदै



भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो)ले पुरुष रोवर्टलाई सहयोग गर्ने महिला रोवर्ट निर्माण गरेको छ ।

मानिस जस्तै देखिने ‘व्याममित्र’ नामक सो महिला रोवर्ट सन् २०२१ मा अन्तरिक्षमा पठाउने बताइएको छ ।

व्याममित्र रोवर्टलाई इसरोले ‘गगनयान’ प्रोग्राम अन्तरर्गत रहेर हाल सोही प्रोग्राम अन्तरर्गत नै अन्तरिक्षमा रहेका पुरुष रोवर्टको मद्दत गर्नका लागि बनाइ पठाउन लागेको हो ।

इसाराले भारतको बंगलोरमा दुई साताअघि ‘मानव अन्तरिक्ष यान र अन्वेषणः वर्तमान चुनौती र भविष्यको सम्भावना’ सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा म्याममित्रलाई प्रर्दशन गरिसकेको छ ।

सो गोष्ठीमा रोवर्ट व्याममित्र सबैको गोष्ठीको प्रमुख आर्कषणको केन्द्र भएकी थिइन् । उनले सो गोष्ठीमा आफ्नो परिचय उपस्थित सबैमा गराएपछि सबै अचम्मित भएका थिए ।


क्लिकमान्डु