सञ्चारमन्त्री गोकुल बास्कोटाको अर्बपति बिनोद चौधरीलाई चेतावनी- सम्पत्ति छानबिन हुन्छ



काठमाडौं । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अर्बपति व्यवसायी बिनोद चौधरीको कम्पनी सिजी टेलिकममाथि छानबिन गर्ने बताएका छन् ।

बिनोद चौधरीको नाम नलिइकन सञ्चारमन्त्री बास्कोटाले सिजी टेलिकमलाई विश्व बैंकबाट ऋण लिएर सरकारले अनुदान दिएको भन्दै त्यसको खर्च र गर्नुपर्ने कामको अनुसन्धान हुने बताएका हुन् ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै बास्कोटाले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै तत्कालिन एसटीएम (हालको सिजी टेलिकम)मा विश्व बैंकले दिएको १ करोड १८ लाख ६५ हजार अमेरिकी डलर कहाँ खर्च भयो र सर्तअनुसार गर्नुपर्ने जिम्मेवारी पूरा गरेको वा नगरेकोबारे छानबिन गर्ने बताए ।

‘एसटीएम खरिद गरेपछि सिजीमाथि दायित्व पनि आएको हुन्छ, तत्कालिन एसटीएमले विस्तार गर्नुपर्ने ५३४ गाविसमा विस्तार गर्नुपर्ने सेवा के कस्तो अवस्थामा छ, भीसीआट प्रविधि कहाँ छ, सम्पत्ति कति हिनामिना भएको छ त्यसको छानबिन हुन्छ,’ उनले भने ।

‘१०२८ वटा पीसीओहरु बने कि बनेनन, ती काम के हुनुपर्ने हो, ती काम नहुँदा रकम फिर्ता गर्नुपर्ने, त्यो रकम के हुन्छ अब अध्ययन त्यसमा हुन्छ,’ उनले भने ।

‘सरकारले विश्व बैंकसँग जनतालाई प्रविधिमा पहुँच पुर्याउनका लागि ऋण लिएर एसटीएमलाई दिएको थियो । सरकारले अनुदान दिएको कम्पनी टेकओभर गरेर सिजीले नियम विपरीत लाइसेन्स पाउँदैन,’ बास्कोटाले थपे ।

उनले सिजीलाई लाइसेन्स लिनका लागि प्रक्रिया अनुसार आउन आग्रह गर्दै ढोका हुँदाहुँदै झ्यालबाट आउनु प्रक्रिया विपरीत भएको बताए ।

तत्कालिन समयमा मन्त्रिपरिषदले गरेको निर्णय राजपत्रमा प्रकाशित नभएको हुँदा कानूनी आधार हुँदैन ।

उनले बार्सिलोनामा सिजी टेलिकम र टर्कसेलबीचको सम्झौतामा आफू साक्षी नबसेको घुम्दै जाँदा मेलामा फेला परे जस्तै पुगेको बताउँदै सिजीलाई तिर्न भनिएको २० अर्ब रुपैयाँ आफ्ना लागि नमागेको बताए ।

‘मैले २० अर्ब रुपैयाँ आफ्ना लागि मागेको होइन, मेरो घरमा त्यत्रो धेरै पैसा राख्ने ठाउँ पनि छैन, सरकारलाई तिर्ने पैसा हो,’ बास्कोटाले भने ।

‘सिजीका मालिकहरु भाग्मानी हुनुहुन्छ, अरुले कम्पनी स्थापना गर्दा जाखिम मोल्नुपर्छ, तर उहाँलाई सरकारलाई ऋण काढेर दिएको छ


क्लिकमान्डु