अर्थमन्त्री खतिवडाले बजेटको आकार घटाए
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार घटाएका छन् ।
बुधबार बजेटको मध्यावधी समिक्षा मार्फत खतिवडाले बजेटको आकार घटाएका हुन् ।
१५ खर्ब ३२ अर्ब आकारको बजेट संघीय संसद्मा गत जेठ १५ मा पेश गरेका खतिवडाले बजेटको आकार १३ खर्ब ५० अर्बमा झारेका हुन् ।
अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा ९०.४ प्रतिशत बजेट खर्च हुने बताए ।
उनले चालु खर्च ९५५ पुजिगत खर्च ८० र वित्तीय व्यवस्थामा ९० प्रतिशत खर्च हुने बताए ।