दिल्लीमा आम आद्यीको ठूलो जित, केजरीवाल तेस्रोपटक मुख्यमन्त्री बन्ने निश्चित



भारतको राजधानी नयाँ दिल्लीको विधानसभाको निर्वाचनमा आम आद्यी पार्टीले ठूला जित हात पारेको छ । जितसँगै केजरीवाल नेतृत्वको आम आद्यी पार्टीले लगातार तेस्रो पटक सरकार बनाउने भएको छ ।

कुल ७० सिट रहेको दिल्ली विधानसभामा आम आद्यी पार्टीले मात्रे ६२ सिट र भारतीय जनता पार्टी भाजपाले जम्मा ८ सिटमा जित हासिल गरेको छ । यद्यपि सन् २०१५ मा भएको निर्वाचनको तुलनामा आम आद्यी पार्टीले ५ सिट गुमाएको छ भने भाजपाले ५ सिट बढाएको छ ।

अघिल्लो निर्वाचनमा आम आद्यी पार्टीले ६७ सिट र भाजपाले ३ सिटमा जित हासिल गरेका थिए ।–एजेन्सी


क्लिकमान्डु