कोरोना भाइरसको असर विश्वअर्थतन्त्रमा, आइफोन, हुन्डाइसँगै ठूला कम्पनी समस्यामा



चीनमा फैलिएको कोरोना भाइरसको असर बहुराष्ट्रिय कम्पनीमा देखिएको छ । विश्वका ठूला भनिने ब्राण्डहरु आइफोन र हुन्डाइलगायतका ब्राण्डको उत्पादनमा कोरोना भाइरसको प्रभाव देखिएको हो ।

संसारभरीका कम्पनी यतिबेला चीनमा रहेका उद्योग तथा प्लान्टस खुल्ने प्रतिक्षामा छन् तर त्यसो नभए प्रमुख ब्राण्डहरुले आफ्नो उत्पादनमा संघर्षपूर्ण हुने ठानिएको छ ।

कोरोना भाइरसको प्रकोपपछि उद्योगहरु बन्द भएपछि पहिले नै उत्पादन भएका सामानहरु सकिँदै गएका छन् । यसले आपूर्ती श्रृंखला र विश्वअर्थतन्त्रमा महत्वपूर्ण असर पर्ने देखिएको छ ।

एप्पल ब्राण्डमा उत्पादन हुने आइफोनका लागि आवश्यक एसेम्वल सामग्रीहरु फक्सकोन र पेगाट्रोनको अभाव हुनेछ । यी दुबै उत्पादन हुने उद्योग चीनमा छन् ।

विज्ञका अनुसार कोरोना भाइरसले सन् २०२० को चौमासिकमा स्मार्टफोनको बिक्रीमा उल्लेख्य प्रभाव पर्नेछ । उनीहरुका अनुसार यो वर्षको चौमासमा आइफोनको ढुवानीमा ४ मिलियनले गिरावट आउनेछ । जसमध्ये ३२ प्रतिशत यो वर्षको चौमासमा मात्रै ढुवानीमा गिरावट हुनेछ भने ५ प्रतिशत यो वर्ष चिनियाँ आइफोनको ढुवानीमा गिरावट आउनेछ ।

चिनियाँ अधिकारीले ती कम्पनीहरुलाई कोरोना भाइरसको फैलावट रोक्नका लागि चन्द्रमास÷लुनर नयाँ वर्षको बिदा १० फेब्रुअरीसम्म बढाउनका लागि भनिसकेका छन् । स्थानीय अधिकारीहरु भने यो बिदाको अवधि अझै लम्बाउन भनेका छन ।

लामो बन्दको प्रभाव पहिले नै चिनियाँ उत्पादन क्षेत्रमा देखिसकेको छ ।

आइफोन मात्रै होइन, संसारको ५औं कार उत्पादक कम्पनी हुण्डाइलाई उसको उत्पादन दक्षिण कोरियामा हुने उत्पादन रोक्नका लागि दबाब परिसकेको छ । किनभने हुन्डाइ कारको चीनमा उत्पादन हुने पार्टपुर्जा सकिएको छ ।

अरु कारका उत्पादकले पनि त्यस्तै चुनौतीहरु भोगिरहेका छन् । टेस्ला, भोल्क्स्वागन र टायोटा सबैले आफूहरुले अवरोधहरु भोगिरहेको बताउँछन् ।

‘सबै कारखानाहरुले उस्तै समास्याहरु भोगिरहेका छौं, उद्योग बन्द हुँदा कुनै खास कम्पनीलाई मात्रै असर गदैन बरु पूरै उत्पादनलाई नै असर गर्नेछ । कतिपय कारखानाका कामदारहरुलाई विस्तारित बिदापछि कारखानामा फर्किनेछन्,’ चिनिया अर्थशास्त्री ईरिस पाङले भने ।

चीनमा हाल ४० वटा जर्मन कार तथा कारका पाटपूर्जा बनाउने कारखानाहरु छन् । जसबाट जर्मन अटो उद्योगबाट दैनिक ६ सय ६० मिलियन डलर आम्दानी हुन्थ्यो । चीनमा फोक्सवागन कम्पनीमा मात्रै १ लाख मानिस काम गर्छन् ।


क्लिकमान्डु