एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने



काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । आइतबार एनएमबिले कञ्चनलाई एक्वायर गर्ने प्रारम्भिक सम्झौता गरेको हो ।

कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरी ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन डेभलपमेन्ट बैंकको १७ वटा शाखा कार्यालय र ३ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा छन् ।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक एक्वायर गरे पश्चात बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिने र ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने हुने विश्वास बैंकको छ ।


क्लिकमान्डु