कनेक्ट आइपिएसमा आबद्ध हुने बैंक अफ काठमाण्डुका ग्राहकले १ सय रुपैयाँ पाउने



काठमाडौं । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाइ कनेक्ट आइपिएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैयाँ खातामा उपलब्ध गराउने सहमती भएको छ ।

बैंकका ग्राहकले कनेक्ट आइपिएसमा आफ्ना खातालाई पहिलो पटक लिङक गरी बैंकबाट भेरिफाई पश्चात् ग्राहको खातामा रु १०० जम्मा हुनेछ ।

ग्राहकले कनेक्ट आइपिएसमा रजिस्ट्रेशन पश्चात् घरमै बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्नेछन् ।


क्लिकमान्डु