ग्राहकलाई मानवीय सहयोग गर्दा बैंकको जागिर चैट



मार्क एयुजेनियोले अमेरिकाको बैंकमा रहेको आफ्नो खातामा १ हजार ८० डलर जम्मा गरेका थिए ।

क्रिट्सम इभमा उनले उक्त पैसाबाट ९ वर्षे छोरी र १३ वर्षे छोरालाई उपहार किन्न चाहन्थे । यसका लागि पैसा लिन बैंकमा गए तर निकाल्न पाएनन । पैसा निकाल्न कैयन घण्टा बैंकका शाखा चहार्दै बिताए ।

यहाँ हामी कुनै पनि कम्पनी ग्राहकप्रति कति निर्मम हुन्छन र कसरी आफ्नो नैतिकता गुमाउँछन् भन्ने कथाको एउटा उदाहरणबारे चर्चा गर्दैछौं ।

क्रिट्समसको इभमा जब एयुजेनियो ग्यास स्टेसनमा गए, तब गाडीमा ग्यास र बैंकमा पैसा दुबै नभएको पाए । त्यहीबाट बैंकमा फोन गरे, उताबाट जवाफ आयो, खातामा पैसा केही समयपछि आफै देखिन्छ । त्यहाँबाट घरको दूरी ५ माइल टाढा थियो । पैदल जान सक्ने अवस्था थिएन ।

उनले बैंकको टोलफ्रि नम्बरमा फेरि फोन लगाए । र, बैंककि एक सिनियर कर्मचारी इमिली जेम्ससँग कुरा गरे । उनीहरु बीच पैसा कसरी निकाल्ने भन्ने विषयमा झण्डै ३० मिनेट जति कुरा भयो । तर तर पैसा निकाल्ने योजना सफल भएन । यति हुँदासम्म जेम्सलाई निकै नराम्रो लागिसकेको थियो । उनले एयुजेनियोलाई बैंकमा बोलाएर २० डलर व्यक्तिगत रुपमा सहयोग गर्ने प्रस्ताव गरिन् ।

तर उनले बैंकसम्म जान मानेनन । तर उनले आफै ग्यास स्टेसनसम्म पुगेर २० डलर दिइन । उनले यसका लागि आफूले सुपरभाइजरबाट अनुमति पाएको समेत उनलाई बताइन् ।

२० डलर पर्याप्त त थिएन तै पनि त्यत्ति पैसाले घरसम्म जान भने सकिन्थ्यो । तर जब बैंकले यसबारेमा जानकारी पायो । बैंकले ती कर्मचारीलाई पुरस्कृत गनुको साटो बैंकबाट निकादियो ।

‘उनले आफू र बैंकलाई जरुरी नभएको विषयमा रिस्कमा राखिन, कम्पनीले कल सेन्टरका कर्मचारीहरुलाई ग्राहक भेट्न अनुमति दिँदैन, त्यसैले उनी र उनलाई अनुमति दिने म्यानेजरलाई पदबाट बर्खास्त गरिन्छ,’ बैंकले स्पष्टिकरणमा भनेको छ ।- एजेन्सी


क्लिकमान्डु