एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

क्लिकमान्डु २०७६ माघ २४ गते १२:२१ मा प्रकाशित

काठमाडौं ।  एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।

नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र रु १०० (कर सहित मात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् ।

यो भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिना सम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।

यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्टिक्«स१७११८ एस्टिक्«स२एस्टिक्«स३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् ।
यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स