सस्तो टिकटमा चीन हुँदै अष्ट्रेलिया जाने विद्यार्थीको भिसा रद्द हुने



काठमाडौं । चीनमा कारोना भाइरसको बढ्दो संक्रमणसँगै अष्ट्रेलियाले आफ्ना नागरिकलाई ट्राभल ब्यान गरेको छ । फेब्रुअरी १ गतेदेखि लागू हुने गरी अष्ट्रेलियाले मेनल्यान्ड चाइनाका लागि सबै प्रकारका भिसाबाट यात्रा गर्न रोक लगाएको हो ।

अष्ट्रेलियाले जारी गरेको सूचनामा चीनबाट ट्रान्जिट हुँदै आउने स्वदेशी वा विदेशी सबैलाई यात्रा नगर्न भनेको छ । यदी कसैले चीनलाई ट्रान्जिट बनाइ अष्ट्रेलिया यात्रा गरेमा तुरुन्तै भिसा रद्द गर्ने उल्लेख गरेको छ ।

अष्ट्रेलियन सरकारले अष्ट्रेलियन नागरिक, पीआर होल्डर, डिपेन्डेन्ट भिसा, भिजिट भिसा सबैको टिकट रद्द हुने जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, ‘यदी तपाईले अष्ट्रेलिया आउनका लागि सिधा उडान वा ट्रान्जिट हुँदै अष्ट्रेलिया आउँदै हुनुहुन्छ भने तपाईको भिसा रद्द हुनेछ भने क्वारेन्टाइन पिरियडका लागि वैकल्पिक स्थानमा राखिनेछ ।’

साथै विमानले समेत अष्ट्रेलिया आउने त्यस्ता यात्रुलाई समेत नलैजाने सूचनामा उल्लेख गरिएको छ ।

सूचनाका लागि यहाँ क्लिक गर्नुहोस्

 


क्लिकमान्डु