न्युजील्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन



वेलिङटन । न्युजील्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।

उनी सन् १९९० देखि न्युजील्याण्डको ३४औं प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् ।

उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका थिए । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेका छन् ।

विश्व व्यापार सङ्गठन (डब्लुटिओ)लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पुर्याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उहाँले उल्लेख गरेका छन् ।

‘हरेकले उनलाई न्युजील्याण्डका लागि र न्युजील्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्,’ प्रधानमन्त्री जसिन्दाले भने ।

उनी सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए ।


क्लिकमान्डु